नेप्से ७९.४३ अंकले बढ्यो, कारोबार १० अर्बमा सीमित

मंगलबार शेयर बजार परिसूचक, नेप्से ७९.४३ अंकले बढेको छ।
नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीलाई जोखिमपूर्ण भन्दै सूची सार्वजनिक गरेपछि लगातार घटेको शेयर बजार मंगलबार बढेको हो। आज परिसूचक २९१३.८४ बिन्दुमा पुगेको छ।
परिसूचक भारी अंकले बढे पनि कारोबार रकम भने उल्लेख्य छैन। आज २२५ कम्पनीको १ करोड ९७ लाख ७० हजार कित्ता शेयर खरीदबिक्री हुँदा १० अर्ब २८ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
मंगलबार जानकी फाइनान्स, वरुण हाइड्रोपावर, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट कम्पनी, नाग्दी ग्रुप पावर र पञ्चकन्यामाई हाइड्रोपावरमा सकारात्मक सर्किट लाग्यो।
आज २०१ कम्पनीको शेयर मूल्य बढेको छ। १५ कम्पनीको मूल्य घटेको छ भने ९ वटा कम्पनीको शेयर मूल्य स्थिर रह्यो।