राष्ट्रिय सभाका चार समिति सभापति निर्विरोध निर्वाचित
राष्ट्रिय सभा अन्तर्गतका समितिहरूमा भएको सभापतिको निर्वाचनमा सबै समितिका सभापतिहरू निर्विरोध निर्वाचित भएका छन्।
आज बसेको सम्बन्धित समितिहरूको बैठकबाट यसअघिकै चार सभापतिलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको राष्ट्रिय सभा सचिवालयले जनाएको छ।
निर्वाचनबाट दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट, विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण विडारी र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापा (पार्वती) सभापतिमा निर्वाचित भएका हुन्।