रारा तालमा भुइँफूलको शृंगार (तस्वीरहरू)
![रारा तालमा भुइँफूलको शृंगार (तस्वीरहरू)](https://www.himalkhabar.com/uploads/posts/1595852043Rara-Main.jpg)
- अच्यूतराज भण्डारी, मुगु
कर्णाली प्रदेशको मुख्य पर्यटकीय स्थल मुगुको रारा तालले मौसम अनुसार सुन्दरताको रङ फेर्छ। हिउँद याममा हिउँले सेताम्मे हुने ताल जेठदेखि भदौसम्म रंगीविरंगी फूलले सजिएको हुन्छ। ताल किनारमा भुइँफूल यति ढपक्क ढाकिएको हुन्छ, यसले तालको सुन्दरतामा अझै शृंगार थप्छ।
![](/uploads/shares/Photo Story Archive/Rara Lake/Rara-1.jpg)
समुद्री सतहबाट २ हजार ९९० मिटर उँचाइमा अवस्थित ताल क्षेत्रमा २० प्रजातिभन्दा बढी फूल फुल्छन्। रामसार क्षेत्र घोषित तालमा यो समयमा घुम्न आउने पर्यटकहरू यिनै फूलको प्राकृतिक बगैंचामा रमाउँछन्।
कोरोनाभाइरस महामारीका कारण यो वर्ष भने अन्य पर्यटकीय स्थल जस्तै रारामा पर्यटक आगमन ठप्पप्रायः छ। बन्दाबन्दी अन्त्य भएपछि भने मुगुभित्रैका मानिसहरू फाट्टफुट्ट आउन थालेका छन्।
हेरौं, वर्षा मासको रारामा छपक्क भुइँफूल र अन्य झलक:
![](/uploads/shares/Photo Story Archive/Rara Lake/Rara-2.jpg)
![](/uploads/shares/Photo Story Archive/Rara Lake/Rara-3.jpg)
![](/uploads/shares/Photo Story Archive/Rara Lake/Rara-7.jpg)
![](/uploads/shares/Photo Story Archive/Rara Lake/Rara-9.jpg)
![](/uploads/shares/Photo Story Archive/Rara Lake/Rara-4.jpg)
![](/uploads/shares/Photo Story Archive/Rara Lake/Rara-6 1.jpg)
![](/uploads/shares/Photo Story Archive/Rara Lake/Rara-12.jpg)
![](/uploads/shares/Photo Story Archive/Rara Lake/Rara-5.jpg)
![](/uploads/shares/Photo Story Archive/Rara Lake/Rara-10.jpg)
![](/uploads/shares/Photo Story Archive/Rara Lake/Rara-17.jpg)
बन्दाबन्दी अन्त्यपछि मुगु जिल्लाभित्रैका मानिसहरु रारा घुम्न आउन थालेका छन् ।![](/uploads/shares/Photo Story Archive/Rara Lake/Rara-14.jpg)
![](/uploads/shares/Photo Story Archive/Rara Lake/Rara-15.jpg)