नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पटवालद्वारा पाँच महिनाअघि नै राजीनामा
नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक उमेश पटवालले सम्झौता भएभन्दा पाँच महिनाअघि नै पदबाट राजीनामा दिएका छन् ।
उनले आगामी बुधबारदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक सिरिजपछि लागु हुने गरी अन्तर्राष्ट्रिय क्रिकेट संघ (आइसिसी) समक्ष पदबाट राजीनामा दिएका हुन् ।
पटवाललाई अन्तर्राष्ट्रिय क्रिकेट संघ (आइसिसी) ले नै नेपाली टिमको प्रशिक्षकमा नियुक्त गरेको थियो । सम्झौताअनुसार पटवालले मासिक ७ हजार डलर तलबमा २०१९ जुन देखि १० जुन २०२० सम्म नेपाली टिम हेर्नुपर्ने थियो ।
स्रोतका अनुसार यो तलबमा कर लाग्ने भएपछि पटवाल असन्तुष्ट भएको र लामो समयदेखि आफ्नो माग सम्बोधन नभएपछि उनले राजीनामा बुझाएका हुन् । उनले यो तलब कर बाहेकको हुनु पर्ने भन्दै आएका थिए ।