ए डिभिजन लिगः मछिन्द्र र पुलिस भिड्दै
जारी शहीद स्मारक ए डिभिजन लिगमा आजबाट आठौं चरणको खेल शुरु हुँदैछ ।
आठौं चरणको खेलमा नेपाल पुलिस र मछिन्द्र बीच खेल हुँदैछ । बलियो फर्ममा रहेको मछिन्द्र र नेपाल पुलिसको खेल दशरथ रंगशालामा दिउँसो तीन बजे शुरु हुँदैछ ।
सात खेलबाट चार जित, दुई बराबर र एक हार बेहोरेको मछिन्द्र १३ अंक सहित दोस्रो स्थानमा छ । नेपाल पुलिस भने सात खेलबाट एघार अंक जोड्दै छैटौं स्थानमा छ ।
आज पुलिसले जित निकालेमा १४ अंकका साथ दोस्रो स्थानमा उक्लनेछ भने मछिन्द्रले जित निकाले शीर्ष स्थानको त्रिभुवन आर्मीसँग १६ अंकको बराबर हुनेछ ।