खोटाङको थामखर्क विमानस्थल सञ्चालन, दुई महीनाभित्र लामिडाँडा पनि चल्ने
स्तरोन्नतीपछि खोटाङको थामखर्क विमानस्थल सञ्चालनमा आएको छ ।
आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले विमानस्थलको उद्घाटन गरेका हुन् ।
खोटेहाङ गाउँपालिका–४ मा रहेको विमानस्थलको धावनमार्ग कालोपत्रे लगायत स्तरोन्नतिको काम १३ चैत २०७३ देखि शुरु भएकाे थियो ।
१० करोड ६० लाख ७१ हजार रुपैयाँमा स्तरोन्नती सम्पन्न भएको विमानस्थल २० रोपनी ६ आना क्षेत्रफलमा फैलिएको छ ।
विमानस्थल उद्घाटनका क्रममा मन्त्री अधिकारीले थामखर्क साताको दुईवटा उडान हुने जानकारी दिए ।
अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पुनः सञ्चालनमा आएको यो ३२औं विमानस्थल हो ।
त्यस्तै, खोटाङमै रहेको लामिडाँडा विमानस्थल आगामी दुई महीनाभित्र सञ्चालनमा ल्याइसक्ने पनि उनले बताए ।