डिसहोमको सस्तो अफर
डिजिटल टेलिभिजन सेवा प्रदायक कम्पनी डिस मिडिया नेटवर्क लिमिटेडले ‘सस्तो अफर’ ल्याएको छ ।
जसअन्तर्गत गृहिणी र बच्चाहरुका लागि उपयुक्त च्यानलहरु भएको बेसिक प्याकेजको रु २५०, खेलकुदको सम्पूर्ण च्यानल समावेश भएको मिडियम प्याकेजको रु ३०० तोकिएको छ ।
त्यस्तै सम्पूर्ण एचडी च्यानल सहितको सुपर एचडी प्याकेज रु ३५० र सम्पूर्ण एचडी तथा एसडी च्यानलहरु भएको प्रिमिएम एचडी प्याकेज रु ४०० प्रति महिनामा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
१० माघभन्दा अगाडि डिस होम जडान गरेका ग्राहकले वार्षिक शुल्क भक्तानी गरी यो योजनमा सहभागी हुन सक्नेछन् ।
हाल डिसहोमका १६ लाख ग्राहक रहेको कम्पनीले जनाएको छ । रमाइलो टिभी, एक्सन स्पोर्टस्, प्लस मुभी जस्ता आफ्नै च्यानलहरुले डिसहोमको लोकप्रियता बढाएको कम्पनीको दावी छ ।