भारतका पूर्व राष्ट्रपति मुखर्जीलाई कोरोना संक्रमण
भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
परीक्षण पोजिटिभ आएको मुखर्जीले ट्वीटमार्फत् जानकारी दिएका छन्। उनले सोमबार दिउसो गरेको ट्वीटमा लेखेका छन्, “आज अर्को छुट्टै प्रक्रियाका लागि अस्पताल जाँदा मलाई कोभिड-१९ पुष्टि भएको छ। गत हप्ता मेरो सम्पर्कमा आउनु भएका सबैलाई सेल्फ आइसोलेट गर्न र परीक्षण गर्न अनुरोध गर्दछु।”
भारतमा यसअघि गृहमन्त्री अमित शाह, बलिउड कलाकार अमिताभ बच्चन लगायतलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ।