कपिलवस्तुमा दुई पत्रकारमा कोरोना संक्रमण
कपिलवस्तुमा दुई जना पत्रकारमा कोरोनाभाइरस संक्रमण पोजेटिभ देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान सार्वजनिक गरेको विवरण अनुसार ३० जना नयाँ संक्रमितमध्ये कपिलवस्तुको वाणगंगा नगरपालिका र मायादेवी गाउँपालिकाका नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नौ जनामध्ये दुई जना पत्रकार रहेको कपिलवस्तुका पत्रकार किरणमान बज्राचार्यले बताए।
यो सँगै कोरोनाभाइरस संक्रमित पत्रकारको संख्या ६ पुगेको छ। यसअघि पर्साका दुई, बाराका एक, धनुषाका एक पत्रकारमा कोरोना पोजेटिभ देखिएको थियो।
अहिलेसम्म नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४ सय ८७ पुगेको छ। जसमध्ये ४९ जना उपचारपछि घर फर्किएका छन् भने ३ जनाको मृत्यु भएको छ।