HimalKhabar.com :: A Complete Nepali Political News Portal
दैलेखमा पहिरोले पुरिएर दुईको मृत्यु, एक बेपत्ता
दैलेखमा पहिरोले पुरिएर दुईको मृत्यु, एक बेपत्ता दैलेखका विभिन्न ठाउँमा मंगलबार राति पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। ठाँटीकाँध गाउँपालिका ४ गैरागाउँमा मंगलवार राति पहिरो जाँदा १२ वर्षीय बालक जनक कठायत र भगवतीमाई गाउँपालिका ५ कट्टिमा ६६ वर्षीय बलबहादुर रावतको ज्यान गएको छ।