HimalKhabar.com :: A Complete Nepali Political News Portal
दुई दलीय राज्य !
दुई दलीय राज्य ! नेपालको राजनीतिमा ठूलै ‘टेक्टोनिक सिफ्ट’ भए पनि मुख्य राजनीतिक खेलाडीहरु भने उनै छन्ः ‘उच्च जात’का पुरुष ।जुनै गठबन्धनले जितोस्, तर अब दुई ठूला दलबीच खेल्ने र प्रत्येक ९ महिनामा नयाँ सरकार बनाउने अहिलेको माओवादी केन्द्रजस्तो तेस्रो ‘किंग मेकर’ दलको अस्तित्व रहनेछैन । यसले नेपाली राजनीतिको त्रिकोणात्मक प्रेमकथाको पटाक्षेप गरेको छ ।