- पुरञ्जन आचार्य नेपालमा नयाँ शक्ति आवश्यक नै छ । नयाँ शक्तिको अगाडि चुनौतीको पहाड पनि छ । अहिले मुलधारमा रहेका पार्टीहरु लामो इतिहास र त्याग–तपस्याबाट बनेका हुन् । त्याग गरेकालाई विश्वास गर्नुपर्छ भन्ने हाम्रो सामाजिक मान्यता पनि छ । यिनको नेतृत्व अक्षम भए पनि लोकतन्त्र त्याग्दैन भन्नेमा जनता विश्वस्त छन् ।
नेपाली कांग्रेस विराटनगर (जुटमील आन्दोलन), नेकपा एमाले झापा विद्रोह र माओवादी रोल्पाबाट उठेका पार्टीहरु हुन् । तर, काठमाडौंबाट शुरु गरेको प्रजा परिषद् असफल भयो । काठमाडौंमा स्वार्थ समूहको बोलबाला छ ।
यी सब कारणहरुले गर्दा काठमाडौंबाट नयाँ शक्ति उठ्न नसक्ने संभावना ९० प्रतिशतभन्दा बढी छ ।
सर्वोच्चले शक्तिपृथकीकरणको सिद्धान्त अपनायो। संसद्ले गर्ने कामकारबाहीको विषयमा केही बोलेन, हेर्नुपर्ने दिन हेरौंला मात्र भन्यो। सँगसँगै संविधानमा व्यवस्था भएका कुरालाई बेवास्ता गर्न मिल्दैन पनि भनेको छ, खासगरी प्रदेशको भूमिकालाई लिएर।
अदालतको 'भर्डिक्ट' ले एमालेलाई पनि पुनर्विचारको अवसर दिएको छ। अदालतले संविधान संशोधनको विषय संसद्को हो, दलहरूले छलफल गरेर अघि बढाऊ, तिमीहरूको काम संविधानसम्मत छ/छैन भन्ने पछि अदालतले हेर्छ भनेको छ।
-पुरञ्जन आचार्य फ्रान्सदेखि नेपालसम्मका क्रान्तिले सिकाएको पाठ के हो भने परिवर्तनलाई ठीक ढंगले व्यवस्थित गर्न नसक्दा 'क्रान्तिले आफ्नै सन्तानलाई खान्छ।'
नेपालको राजनीतिमा कम्युनिष्ट सिद्धान्त, आदर्श र व्यवहार केही नगर्नुपर्ने तर पार्टीको नाम कम्युनिष्ट राख्नुपर्ने अचम्मको फेसन छ अझै।
नेपाली कांग्रेस र यसका नेताहरू पनि ७० वर्ष पुग्न लाग्दैछन्। नेताहरू जैविक कारणले वृद्ध भएका हुन्, तर पार्टी आन्तरिक जीवनमा रोग लाग्नाले ७० वर्षमै थकित देखिएको हो।
- पुरञ्जन आचार्यधेरैको अड्कल विपरीत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध उभिए। देउवाको लागि कार्की विरुद्ध उभिनु सामान्य थिएन, तर उनले हिम्मत गरेर 'अब लोकमानलाई बचाउन सकिन्न' भनी कांग्रेस कार्यसमिति र संसदीय दललाई आश्वस्त पारे, युवा नेताहरूलाई हौस्याए।
देउवाले कांग्रेस सभापति र संसदीय दलको नेता भएपछि राष्ट्रिय राजनीतिमा खेलेको भूमिकाबारे समीचीन समीक्षा गर्ने समय भइसकेको छैन। देशमा विद्यमान विषम राजनीतिक–सामाजिक परिस्थितिमा उनले लिएको जिम्मेवारी सिंहावलोकन गरेर चुनौतीहरूबारे सतर्क गराउनुपर्ने समय भने यही हो।