HimalKhabar.com :: A Complete Nepali Political News Portal
भारतीय स्वार्थमा अड्केको नेपाल–चीन सम्बन्ध
भारतीय स्वार्थमा अड्केको नेपाल–चीन सम्बन्ध देउवा सरकारले नेपालको हितमा चीनसँग भएका पछिल्ला सहमति/समझदारी कार्यान्वयनमा अग्रसरता देखाएर आफूलाई सच्चा राष्ट्रवादी प्रमाणित गर्न सक्छ ।
राष्ट्रघाती भेटघाट
राष्ट्रघाती भेटघाट -टीकाराम राईमुलुकको सार्वभौमसत्तामाथि विदेशी हस्तक्षेप नियन्त्रण गर्न कर्मचारी–दूतावास गैरव्यावसायिक सम्पर्क बन्देज लगाउनुको विकल्प छैन ।मन्त्रिपरिषद्‌मा पेश हुने रणनीतिक महत्वका प्रस्ताव तुहाउन तथा तीव्र गतिमा अघि बढाउनका लागि दूतावासले मन्त्रिपरिषद् सचिवालयका कर्मचारीलाई पनि प्रयोग गर्ने गरेको सुनिएको छ । र, यो काममा अग्रपंक्तिमा भारतीय राजदूतावास रहेको घटनाक्रमहरूले पुष्टि गर्छन् ।तर, अहिले चीनले पनि भारतकै सिको गर्न थालेको छ । अमेरिकी दूतावासले चाहिं आतंककारी गतिविधि निस्तेज पार्न र चीनसँगको गतिविधि थाहा पाउन छिपछिपे रूपमा कर्मचारीसँग सम्पर्क बढाउने गरेको आरोप पनि निराधार लाग्दैन ।
इतिहास दोहोरिंदैछ (नेपाल-चीन ब्यापार)
इतिहास दोहोरिंदैछ (नेपाल-चीन ब्यापार) -टीकाराम राईभारतका कारण एकाएकजसो पुनर्जागृत हुन पुगेको नेपाल–चीन व्यापार तथा आवागमनमा अवरोध पनि भारतबाटै हुनेछ।गान्सु–सिगात्से र ग्वाञ्झाओ–सिगात्से सीधा ढुवानी रेल सेवाले नेपाल–चीन व्यापारिक विस्तार गर्ने र भारतमाथि नेपालको निर्भरता घटाउने हुनाले यो विकासक्रम नयाँदिल्लीको स्वार्थ प्रतिकूल छ।त्यो अवस्थामा नेपालमा चिनियाँ उपस्थिति जनस्तरमै बढेर आफ्नो नियन्त्रण कमजोर बन्ने हुनाले भारत अब ओली सरकारको पालामा काठमाडौं र बेइजिङबीच भएको पारवहन, यातायात, इन्धन र 'कनेक्टिभिटी' सम्बन्धी सम्झौताहरूलाई तुहाउन लागिपर्नेछ। त्यसको पहिलो प्रहार गल्छी–रसुवागढी सडक स्तरोन्नति परियोजनामा पर्न सक्छ।
अमेरिकामा ट्रम्पको विजय: प्रम दाहाललाई पाठ
अमेरिकामा ट्रम्पको विजय: प्रम दाहाललाई पाठ दाहाल सरकारले अमेरिकी निर्वाचन परिणामको सन्देश मनन् गरेर तदनुरूपका कदम चाले माओवादी केन्द्र र देशलाई पनि राम्रै हुन्छ ।