राष्ट्रपतिमा राईको उम्मेदवारी दर्ता
नेपाली कांग्रेसकी नेत्री लक्ष्मी राईले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन् ।
राईको प्रस्तावकमा चित्रलेखा यादव, मानबहादुर विक, पार्वता डिसी चौधरी, देवेन्द्रराज कँडेल र सुरेन्द्रराज पाण्डे छन् ।
त्यस्तै समर्थकमा मेखलाल श्रेष्ठ, शिवचन्द्र चौधरी, सरिता प्रसाईं, सुजाता परियार र राधा घले छन् ।
राईको उम्मेदवारी मनोनयनका क्रममा नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला, डा. मीनेन्द्र रिजाललगायत उपस्थित थिए ।
शहीद दिवानसिंह राईकी छोरी लक्ष्मी राई नेपाली कांग्रेसकी पूर्व सांसद् हुन् ।
राष्ट्रपतिको उम्मेदवार सांसद हुनुपर्ने बाध्यता छैन । प्रस्तावक र समर्थक भने सांसद चाहिन्छ ।
राष्ट्रपति उम्मेदवारको प्रस्तावक पाँच जना र समर्थक पनि पाँचजना सांसद् हुनुपर्नेछ ।
राष्ट्रपतिको निर्वाचन २९ फागुनमा हुँदैछ ।