राष्ट्रिय चिकित्सा शिक्षा र सहकारी विधेयक संसदमा
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७३ व्यवस्थापिका संसदमा पेस भएको छ । शिक्षामन्त्री धनिराम पौडेलले २९ भदौमा बसेको संसद बैठकमा विधेयक पेश गरेका हुन ।
यसैगरी सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले सहकारी विधेयक २०७३ संसदमा पेश गरेका छन् ।
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदत्रय प्रेम सुवाल, डिल्लीप्रसाद काफ्ले र अनुराधा थापामगरले प्रस्तुत गरेका विरोधको सूचनालाई बैठकले अस्वीकृत गरेको थियो ।
संसद्को अर्को बैठक ९ असोज मध्यान्ह १ बजे बोलाइएको छ ।