प्रभु बैंक र केईसीबीच कर्जा सम्झौता
प्रभु बैंक लिमिटेड र कालिमाटीस्थित काठमाण्डौ ईञ्जिनियरिङ्ग कलेज (केईसी )बीच शैक्षिक कर्जा सम्झौता भएको छ । कलेजमा स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीलाई कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र कलेजका प्रबन्ध निर्देशक राजेन्द्र शाक्यले हस्ताक्षर गरेका हुन ।
सम्झौता अनुसार ईञ्जिनियरिङ्ग संकायअन्तर्गत स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीहरुले बैंकबाट अधिकतम् रु. तीन लाखसम्मको शैक्षिक कर्जा सरल रुपमा उपभोग गर्न सक्नेछन् । कर्जा लिनका लागि विद्यार्थीले एसएलसी देखिका सबै सक्कल शैक्षिक प्रमाण पत्रहरु बैंकमा बुझाउनु पर्नेछ । शैक्षिक कर्जा बैंकले उपलब्ध गराएको भुक्तानी तालिका अनुसार ४ वर्ष भित्र चुक्ता भुक्तान गर्नुपर्ने ब्याङ्कले जनाएको छ ।