नबिल, सर्वोत्कृष्ट वाणिज्य ब्याङ्क घोषित
नबिल ब्याङ्क यसवर्षको ‘सर्वोत्कष्ट वाणिज्य ब्याङ्क’ घोषित भएको छ । नबिललाई ‘तेस्रो न्यूबिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०१६’ मा यस्तो सम्मान प्राप्त भएको हो ।
उद्योग तथा वाणिज्य महासंघका पूर्व अध्यक्ष रविभक्त श्रेष्ठले राजधानीमा आयोजित कार्यक्रममा ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत सशीन जोशीलाई पुरस्कार हस्तान्तरण गरेका हुन । जोशीले, ‘प्रतिष्ठित पुरस्कार प्राप्त गर्नु बैंकको गौरव हो र विषम आर्थिक तथा राजनैतिक अस्थिरताका बावजुद बैंकले इच्छाए अनुसारको कार्य सम्पादन गर्न सक्नु भनेको बैंकका हिस्सेदारहरुको हितको संरक्षण प्रति बैंकको अथक प्रयत्नको स्पष्ट प्रमाण हो ।’
नबिलले गत आर्थिक वर्षमा रु. २ अर्ब ८२ करोड खुद नाफा गरेको थियो ।