असंवैधानिक अध्यादेशमा लालमोहर नलगाउन राष्ट्रपतिलाई पौडेलको आग्रह
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी ऐन परिवर्तन गर्न सरकारले ल्याउन लागेको अध्यादेश लोकतन्त्र र संविधान बिपरीत भएको बताएका छन् ।
डेमोक्रेटिक लयर्स एसोसियसनको वार्षिक साधरणसभा सम्बोधन गर्दै नेता पौडेलले अध्यादेश ल्याएर गरिने संवैधानिक आयोगका पदाधिकारी सर्वमान्य नहुने बताए ।
पौडेलले भने, “राष्ट्रपति ज्यूलाई आग्रह गर्छु । संविधान अन्तरगत बनेको राष्ट्रपतिले असंवैधानिक अध्यादेशमा लालमोहर लगाउनु हुँदैन् ।”
नेता पौडेलले संवैधानिक परिषद गठन सम्बन्धी अहिलेको व्यवस्थाको आफ्नै खालेको विषेश महत्व रहेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक आयोगहरुलाई नियन्त्रण गर्न अध्यादेश ल्याउन लागेको बताए ।