नेपाललाई एमसीसीले दियो २०२ रनको चुनौती
नेपाल टूरमा रहेको मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) ले नेपाललाई २०२ रनको चुनौती दिएको छ ।
एमसीसीले टस जितेर ब्याटिङ रोजेपछि नेपाल फिल्डिङको निम्तो पाएको थियो । नेपालका लागि पवन सर्राफ र ललितनारायण राजवंशीले उत्कृष्ठ बलिङ गर्दै एमसीसीलाई अलआउट गरेका छन् ।
३९ ओभरमै अलआउट भएको एमसीसीले २०१ रन जोडेको छ । नेपालका लागि राजवंशी र सर्राफले समान चार/चार विकेट लिए । करण केसी र अबिनास बोहोराले एक/एक विकेट लिए ।
यो खेलमा पारस खड्का र सन्दीप लामिछाने खेलेका छैनन् । नेपाली टीममा ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, इशान पाण्डे, शरद भेषावकर, विनोद भण्डारी, पवन सर्राफ, करण केसी, ललितनारायण राजवंशी, बिक्रम सोब र अभिनाश बोहोरा छन् ।