एनआरएनए अध्यक्षमा पन्त निर्वाचित
गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त (जर्मनी) निर्वाचित भएका छन् ।
प्रतिस्पर्धी कुल आचार्य (बेलायत) लाई पराजित गर्दै पन्त निर्वाचत भएका हुन् । मत परिणाम भने केही बेरपछि सार्वजनिक हुने एनआरएनए सचिवालयले जनाएको छ ।
अन्य पदको पनि मतगणना सकिएको तर, रुजु गर्न केही बेर लाग्ने बताइएको छ ।
२८ असोजमा शुरु एनआरएनको नवौं सम्मेलनबाट नेतृत्व चयनका लागि ३० असोजमा निर्वाचन भएको थियो । निर्वाचनमा ८१ मुलुकका २ हजार ३४४ जनाले मतदान गरेका थिए ।