भूराजनीतिक संवेदनशीलता बुझेर सरकार अगाडि बढ्छः दाहाल
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार आपसी भूराजनीतिक संवेदनशीलता बुझेर अगाडि बढ्ने बताएका छन् ।
दशैं, तिहार, छठ, नेपाल सम्वत जस्ता नेपालीहरुको ठूला चाडहरुको अवसरमा आयोजित चियापानमा अध्यक्ष दाहालले नेपालले आपसी भूराजनीतिक संवेदनशीलताबारे सरकार प्रष्ट रहेको बताए ।
दाहालले भने, “नेपालका लागि अहिले आर्थिक साझेदारीका लागि उपयुक्त बातावरण बनेको छ ।”
ठूला छिमेकी मुलुकहरु भारत र चीनका सरकार प्रमुख बीच शुरु भएको सम्वादलाई नेपालले आफ्नो हितमा प्रयोग गर्न सक्नुपर्ने बताए । “म प्रधानमन्त्री हुँदा भएको भारत भ्रमणकै बेला त्रिदेशीय आर्थिक साझेदारीको विषय उठाएको थिएँ । अवस्था अहिले बन्दै गएको छ”, दाहालले भने ।
आर्थिक साझेदारीका लागि नेपालको महत्वपूर्ण भूमिका हुने अध्यक्ष दाहालले बताए । उनले नेकपा सरकार संविधानले कल्पना गरेको समाज उन्मुख अर्थतन्त्र निर्माण गर्ने दिशामा अगाडि बढको बताए ।