जनगणतन्त्र चीन स्थापना दिवसमा प्रधानमन्त्री ओलीको शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी चीनको ७०औँ जनगणतन्त्र दिवसका अवसरमा शुभकामना दिएका छन् ।
प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षी प्रधानमन्त्री ली खस्याङ्मार्फत आफ्नो र नेपाल सरकारका तर्फबाट चीनका सम्पूर्ण जनतामा शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले शुभकामना सन्देश चिनियाँ र अंग्रेजी दुवै भाषामा दिएका छन् । चीन सन् १ अक्टोबर १९४९ मा जनगणतन्त्र स्थापना भएको थियो ।