इमरान खानले भने– “इस्लामोफोबिया समाप्त हुनुपर्छ”
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संयुक्त राष्ट्र संघको महासभामा बोल्दै आतंकवादको कुनै धर्म नहुने बताएका छन् ।
शुक्रबार महासभामा बोल्दै खानले सेप्टेम्बर ११ को घटनाले इस्लामो फोबियामा वृद्धि भएको र यसको निर्मूल हुनुपर्ने बताए ।
सत्तामा आउने बित्तिकै आफूले भारतसँग सम्बन्ध सुधार गर्न चाहेको तर कुनै सकारात्मक जवाफ नआएको बताए ।
दोस्रोपटक मोदी सत्तामा आएपछि नरेन्द्र मोदीले पाकिस्तानको सम्बन्ध सुधारको सबै प्रयासलाई नकारेको खानले बताए ।
कश्मीरको विशेष दर्जालाई समाप्त पारेर भारतले ८० लाख जनतालाई सबै कुरामा रोक लगाएको बताए । खानले यस कदमलाई शिमला सम्झौता र संविधानको विपरीत भएको आरोप पनि लगाए ।–एजेन्सी