अब ईपीएलको प्रत्यक्ष प्रशारण डिस्कोभरी नेटवर्कबाट
एभरेष्ट प्रिमियर लिग (ईपीएल)को प्रत्यक्ष प्रशारण अब डिस्कोभरी नेटवर्कले गर्ने भएको छ ।
आगामी २९ फेब्रुअरीदेखि शुरु हुने ईपीएलको प्रत्यक्ष प्रशारण गर्न डी स्पोर्टसका सीईओ दिलीप शरण र ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरबीच सम्झौता भएको छ । सम्झौता अनुसार ईपीएलका सवै खेल प्रत्यक्ष प्रशारण हुनेछ ।
सम्झौता एक वर्षका लागि भएको छ । डी स्पोर्टससँग सम्झौतासँगै यस पटकबाट ईपीएलमा टेष्ट खेल्ने क्रिकेटर समेत सहभागी गराउने तयारी भइरहेको जनाइएको छ ।