महिन्द्रा मोजोको टेस्ट राईड
महिन्द्रा टु ह्विलर्सको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि मोटो इन्कले ३०० सिसिको मोजो बाईकको टेस्ट राईड गरेको छ । काठमाडौं पानीपोखरीस्थित जेनेसिस क्याफेमा आयोजित राईड कार्यक्रममा ३० जनाले सहभागिता जनाएका थिए ।
राईडरहरुले बाईकको युनिक लुक्स, पावर, पिकअप र पर्फमेन्स मन पराएकोे कम्पनीले जनाएको छ । कम्पनीका अनुसार लामो दुरीको यात्राका लागि मोजो बाईक उपयुक्त रहेको राईडरहरूको प्रतिक्रिया थियो ।