यस्ता छन् एमालेका पाँच वर्षमा गर्ने २० प्रतिबद्धता (पूर्ण पाठ)
नेकपा (एमाले)ले चुनावी घोषणापत्र सार्वजनिक गर्दै आगामी पाँच वर्षमा २० वटा काम गर्ने प्रतिबद्धता जनाएको छ।
काठमाडौंको होटल याक एन्ड यतीमा घोषणापत्र सार्वजनिक गर्दै संसद्को पहिलो अधिवेशनबाटै समृद्धिका लागि आवश्यक नीति तय गरिने जनाएको छ। त्यस्तै, नागरिकता समस्या समाधान गर्ने, गरीबी निवारण गर्ने लगायतका प्रतिबद्धता रहेका छन्।
यी हुन् एमालेका २० प्रतिबद्धता:
१) पहिलो सेसनः समृद्धि अधिवेशन
२) नेपालीलाई मात्र नागरिकता
३) हङ्गरः नो लङ्गर
४) संरक्षित छानाः पुग्छ सबैको चाहना
५) पढाइः भविष्यको जग बसाइ
६) फ्री मिटरः दश हजार लिटर
७) खेतबारीमा पानीः खाडीमा हैन, स्वदेशमै जवानी
८) भूमिगत तारः शहर बजार
९) पाँच लाख रोजगारः न्यूनतम ज्याला २५ हजार
१०) स्वस्थ महीनावारीः १५ सय वर्षभरि
११) हामी सामाजिकः सभ्य नागरिक
१२) उत्पादन स्वदेशीः बजार विदेशी
१३) कमाइः युवाको रोजाइ
१४) प्रेसर–सुगरः भइन्न बिरामी औषधि बेगर
१५) फ्री युनिटः ५० युनिट
१६) दिनदिनै सडक विस्तारः विकासका पूर्वाधारको आधार
१७) नो लाइनः सेवा अनलाइन
१८) समृद्धिसँगको नाताः सबैको ब्यांक खाता
१९) फाइभ जी सञ्चारः आइटीमा चमत्कार
२०) हाम्रो अर्थः १०० खर्ब
घोषणपत्र एमाले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा इश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, शंकर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल सदस्य रहेको घोषणापत्र मस्यौदा समितिले तयार गरेको हो।