नेता गिरिको शोकमा तीन दिन पार्टीको झण्डा झुकाउने कांग्रेसको निर्णय
नेपाली कांग्रेसले नेता प्रदीप गिरिको निधनको शोकमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ।
ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा आज बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले भदौ ५, ६ र ७ गते पार्टी केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
साथै‚ तीन दिनसम्म श्रद्धाञ्जलीका कार्यक्रम बाहेक पार्टीका सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ। भदौ ६ गते केन्द्र तथा मातहतका सबै कार्यालयहरू बन्द गर्ने बैठकले निर्णय गरेको छ।
स्वर्गारोहण भएको १३औं दिन (भदौ १६ गते) सम्म केन्द्र र जिल्ला कार्यालयहरूमा शोकपुस्तिका राख्ने र १३औं दिनमा केन्द्र र सबै जिल्लाहरूमा शोकसभाको आयोजना गर्ने बैठकले निर्णय गरेको छ।
क्यान्सरबाट पीडित नेता गिरिको उपचारका क्रममा शनिबार राति ९:३० बजे ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा निधन भएको हो।