चुनावमा १० अर्ब खर्च हुने, कुल मतदाता एक करोड ८२ लाख
निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा १० अर्ब खर्च हुने अनुमान गरेको छ।
आइतबार ललितपुरमा आयोजित सम्पादकहरूसँगको अन्तरक्रियामा आयोगले मतदाता शिक्षा कार्यक्रम‚ मतपत्र छपाइ, निर्वाचन सामग्री खरीद लगायत काममा उक्त रकम खर्च हुने बताएको हो। सरकारले आगामी मंसीर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुने निर्णय गरेको छ।
यस्तै‚ पछिल्लो विवरण अनुसार‚ देशभर करीब एक करोड ८२ लाख मतदाता रहेको आयोगले जनाएको छ। आगामी निर्वाचनमा १० हजार ८२५ मतदान स्थल र २२ हजार ५०० मतदान केन्द्र रहने आयोगले जनाएको छ।