एमालेको चुनावी घोषणापत्र मस्यौदा कमिटी गठन
आगामी निर्वाचनका लागि नेकपा (एमाले)ले घोषणापत्र मस्यौदा कमिटी गठन गरेको छ।
बिहीबार बसेको एमालेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा आठ सदस्यी घोषणापत्र मस्यौदा कमिटी गठन गरेको हो। यसमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा र विष्णुप्रसाद पौडेल सदस्य रहेका छन्।
त्यस्तै, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू प्रदीप ज्ञवाली र विष्णु रिमाललाई मस्यौदा कमिटीमा राखिएको छ।
यसअघि बुधबार नेकपा (एकीकृत समाजवादी)ले पनि घोषणापत्र मस्यौदा कमिटी गठन गरेको थियो। एकीकृत समाजवादीको मस्यौदा कमिटीमा उपमहासचिवत्रय प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेल रहेका छन्।