काठमाडौंमा भूकम्पको धक्का
काठमाडौं उपत्यका सहित पूर्वी भेगमा भूकम्पको धक्का महसूस भएको छ।
आइतबार बिहान ८ बजेर १३ मिनेटमा धक्का महसूस गरिएको हो। खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु भएर ६ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए।
भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी प्राप्त भएको छैन।