अर्थतन्त्रमा केही समस्या छन्, तर नेपाल श्रीलंका बन्दैनः प्रवक्ता कार्की
सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो नबन्ने बताएका छन्।
प्रवक्ता कार्कीले हेटौंडामा साउन ६ गते प्रेस युनियनको नवौं महाधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै नेपाल श्रीलंका बन्छ भन्नु केवल अफवाह भएको बताएका हुन्। कतिपय अर्थशास्त्रीहरूले नेपाल पनि श्रीलंका बन्न सक्ने चेतावनी दिइरहेका वेला मन्त्री कार्कीले यस्तो धारणा राखेका हुन्।
“नेपालको अर्थतन्त्रमा केही समस्याहरू छन्, तर नेपाल श्रीलंकाको पथमा जाँदैन,” मन्त्री कार्कीले भने, “श्रीलंकाको पथमा जाँदै छ भन्ने भ्रमलाई चिर्न जरुरी छ, बरु चाँडै नै दक्षिणएशियामा सबल अर्थतन्त्र भएको मुलकमा स्थापित हुँदै छ।”