प्रेस युनियनको अध्यक्षको उम्मेदवार बन्न ३० हजार शुल्क‚ अरू पदका लागि कति?
नेपाली कांग्रेस निकट पत्रकारहरूको संगठन नेपाल प्रेस युनियनको अधिवेशन मकवानपुरको हेटौंडामा शुरू भएको छ।
आठ वर्षपछि आयोजना गरिएको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। महाधिवेशनमा उम्मेदवार हुनेका लागि शुल्क निर्धारण गरिएको छ।
नवौं राष्ट्रिय महाधिवेशन निर्वाचन समितिले अध्यक्षको उम्मेदवारका लागि ३० हजार रुपैयाँ शुल्क तोकेको छ। यस्तै‚ वरिष्ठ उपाध्यक्षका लागि २५ हजार‚ उपाध्यक्षका लागि २० हजार‚ महासचिवका लागि २५ हजार‚ उपमहासचिव‚ सचिव र कोषाध्यक्षका लागि २० हजार रुपैयाँ शुल्क तोकिएको छ।
यस्तै‚ केन्द्रीय सदस्यका लागि १५ हजार‚ लेखा समिति संयोजकका लागि २० हजार र केन्द्रीय लेखा समिति सदस्यका लागि १५ हजार शुल्क तोकिएको छ।