यस्तो छ कांग्रेस नेताहरूको प्रस्तावित मर्यादाक्रम (सूची सहित)
सत्तारूढ दल नेपाली कांग्रेसले पार्टीका विभिन्न तहमा रहेका नेताहरूको मर्यादाक्रम प्रस्ताव गरेको छ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा मर्यादाक्रमको प्रस्ताव छलफलका लागि पेश भएको हो।
पार्टी विधानले व्यवस्था गरेको तहगत संरचनाको आधार‚ विधानले व्यवस्था गरेको पदाधिकारी‚ सदस्यको मर्यादाक्रम‚ सरकारद्वारा जारी गरिएको मर्यादाक्रम र वर्तमान तथा भूतपूर्व पदको आधारमा मर्यादाक्रम प्रस्ताव गरिएको जनाइएको छ।
मर्यादाक्रम केन्द्रीय सभापति पहिलो नम्बरमा छन्। यस्तै‚ पूर्व केन्द्रीय सभापति‚ प्रधानमन्त्री‚ पूर्व प्रधानमन्त्री‚ संसदीय दलका नेता र केन्द्रीय पदाधिकारीलाई क्रमशः दोस्रो‚ तेस्रो‚ चौथो‚ पाँचौं र छैटौं नम्बरमा राखिएको छ। मर्यादाक्रमको अन्तिम १२१ नम्बरमा नेपाली कांग्रेस सदस्यलाई राखिएको छ।