बाबुराम पक्षीय जसपा केन्द्रीय समितिको बैठक शुरू
जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षीय केन्द्रीय समितिको विस्तारित बैठक काठमाडौंको जडीबुटीमा शुरू भएको छ।
बैठकमा हिसिया यमी‚ महिन्द्रराय यादव लगायत नेता उपस्थित छन्। केन्द्रीय अध्यक्ष उपेन्द्र यादवसँग विवाद बढेपछि भट्टराईले असार २८ र २९ गते बस्ने गरी आफू पक्षीय केन्द्रीय समितिको बैठक बोलाएका हुन्। बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ।
यस्तै‚ यादवले असार २९ र ३० गते पर्साको वीरगञ्जमा केन्द्रीय समिति बैठक बोलाएका छन्। उक्त बैठकमा पार्टीमा देखिएको मतभेद‚ स्थानीय तहको चुनाव समीक्षा र आगामी चुनावको तयारीबारे छलफल हुने बताइएको छ।