आजदेखि मतदाता नामावली सङ्कलन शुरू
निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजदेखि मतदाता नामावली सङ्कलन शुरू गर्दै छ।
उमेर पुगेका नेपाली नागरिकले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा गई नाम दर्ता गराउन सक्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
नाम दर्ता गर्न, त्रुटि सच्याउन, ठेगान, मतदान स्थल परिवर्तन गर्न पनि सकिने आयोगले जनाएको छ। यसै गरी मतदाता परिचयपत्र भए पनि मतदाता नामावलीमा नाम नरहेकाहरूले नाम दर्ता गराउन सक्ने बताइएको छ।
पेशा, व्यवसायको कारणले कुनै जिल्लामा बसोबास गरिरहेको तर आफ्नो स्थायी ठेगाना अर्को जिल्लामा रहेकाहरूले मतदाता नामावली स्थानान्तरण गर्न सक्ने आयोगले जनाएको छ।