पल्टिएको ट्याङ्कर निकालेपछि पोखरा विमानस्थलमा उडान शुरू
तेल ट्याङ्कर पल्टिएपछि अवरुद्ध पोखरा विमानस्थल एक घण्टापछि सञ्चालनमा आएको छ।
जहाजमा तेल हाल्न गएको ट्याङ्कर पल्टिएपछि मंगलबार ८ बजेदेखि उडान अवरुद्ध भएको थियो। विमानस्थल कार्यालयका सूचना अधिकारी देवराज सुवेदीले पल्टिएको ट्याङ्करबाट धावनमार्गमा तेल पोखिएकाले उडान अवरुद्ध भएको बताए। धावनमार्गमा पोखिएको तेल सफा गरेपछि उडान शुरू भएको उनले बताए।
“प्लेनमा तेल हाल्न जाँदा नेपाल आयल निगमको ट्याङ्कर धावनमार्गमा पल्टियो। ट्याङ्कर पल्टिंदा भएको तेल पोखियो‚” उनले भने‚ “पोखिएको तेलमा प्लेन चिप्लन सक्ने भएकाले एक घण्टा उडान रोकियो। अहिले शुरू भएको छ।”