जहाज दुर्घटना: १६ जनाको शव भेटियो, बाँकीको खोजी जारी
पोखराबाट जोमसोमका लागि उडेको जहाज दुर्घटनामा परी मृत्यु भएका १६ जनाको शव भेटिएको छ।
सोमबार मध्याह्नसम्म १६ जनाको शव फेला परेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। सबै एकतृत गरिएको र अहिलेसम्म पहिचान हुन सकेको छैन।
आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको '९ एन-एईटी' जहाज दुर्घटना भएको थियो। आज बिहान मुस्ताङको थासाङ गाउँपालिका-२ स्थित सानुसरेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो।
जहाजमा तीन जना चालक दलका सदस्य र १९ जना यात्रु सवार थिए। उनीहरूमध्ये १६ जनाको शव भेटिएको हो। बाँकी ६ जनाको खोजि भइरहेको प्राधिकरणले जनाउको छ।