बजेट भाषण शुरू, बजेटको प्राथमिकता उत्पादनमूलक क्षेत्र
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट भाषण शुरू गरेका छन्।
संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट आयातबाट उत्पादनतर्फ, आर्थिक जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ तथा वञ्चितीकरणबाट समावेशीतर्फको प्रस्थानबिन्दु भएको बताए।
उनले उत्पादनमूलक क्षेत्रको विस्तार तथा गरीबी निवारण गर्दै समृद्धिको आकाङ्क्षा हासिल गर्न बजेटको प्राथमिकता रहेको बताए।