विवेकशील साझाबाट डा. केसी र गुरुङ तिलोत्तमाको उम्मेदवार
विवेकशील साझा पार्टीले डा. अमित केसीलाई रूपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयर पदको उम्मेदवार बनाउने निर्णय गरेको छ।
यस्तै‚ उपमेयरको उम्मेदवार रूपा गुरुङलाई बनाउने निर्णय गरेको विवेकशील साझाका रुपन्देही जिल्ला सदस्य मदनकृष्ण अर्यालले जानकारी दिए। तिलोत्तमा-७ भलवारीका केसी आँखा रोग विशेषज्ञ हुन्।
दुई दशकदेखि आँखाको उपचारमा संलग्न उनले मणिग्राममा आँखा उपचार केन्द्र स्थापना गरी १७ वर्षदेखि सेवा दिंदै आएका छन्।
उपमेयर पदको उम्मेदवार गुरुङ वडा नम्बर १४ का बासिन्दा हुन्। उनी १० वर्षदेखि शिक्षण पेशामा थिइन्।