मुलुकको अर्थ व्यवस्था संकटोन्मुखतिर गइरहेको छ: विष्णु पौडेल
पूर्व अर्थ मन्त्री एवं नेकपा (एमाले) उपाध्यक्ष विष्णुप्रसाद पौडेलले देशको अर्थतन्त्र संकटोन्मुखतिर गइरहेको बताएका छन्।
देशको अर्थतन्त्रका विषयमा एमालेको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पौडेलले सरकारको गलत नीतिका कारण अर्थतन्त्र धरासायी हुँदै गएको बताए। “मुलुकको अर्थ व्यवस्था संकटमोन्मुख हुँदै गइरहेको छ,” पूर्व अर्थ मन्त्री पौडेलले भने, “समयमै सार्थक कदम नचाल्ने हो भने अप्ठ्यारोमा पर्छ।”
उनले देशको अर्थ व्यवस्था बिग्रिदै जानुमा सरकारको गलत नीति भएको आरोप लगाएका छन्। “हामीले लोकप्रिय बजेट ल्याएका थियौं, सरकारले त्यसलाई विस्थापन ग¥यो,” पौडेलले भने, “प्रतिस्थापन विधेयकले अर्थतन्त्र कमजोर बनायो।”
सरकारले वित्त नीतिमा गलत हस्तक्षेप गरेको उनको आरोप थियो। नेपाल राष्ट्र ब्यांकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय गलत भएको उनको भनाइ थियो। “यो व्यक्ति महाप्रसाद अधिकारीमाथिको हस्तक्षेप होइन, प्रणालीमाथि गरिएको हस्तक्षेप हो,” उनले भने।