बारको चुनावमा घिमिरे प्यानल निर्वाचित, कुन उम्मेदवारको कति मत?
नेपाल बार एसोसिएशनको निर्वाचनमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेको प्यानल निर्वाचित भएको छ।
बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानून व्यवसायी समूहबाट अध्यक्षका उम्मेदवार बनेका घिमिरेले ४४७४ मत प्राप्त गरे। त्यस्तै, प्रगतिशील तथा पेसागत कानून व्यवसायी समूहबाट अध्यक्षका उम्मेदवार बनेका वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीले २४८२ मत प्राप्त गरे।
महासचिवमा अधिवक्ता अन्जिता खनाल निर्वाचित भएकी छन्। उनले ३६८२ मत पाइन् भने अर्का प्रतिस्पर्धी केदारप्रसाद कोइरालाले २९८९ मत पाए।
१९ चैतमा भएको निर्वाचनको आज मतगणना सकिएको हो। निर्वाचनमा ७४२९ मत खसेको थियो।
बार उम्मेदवारले पाएको मत: