नाट्टा अध्यक्षमा रमेश थापा निर्वाचित
पर्यटन व्यवसायीको छाता सङ्गठन नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को अध्यक्षमा रमेश थापा निर्वाचित भएका छन्।
नाट्टाको शुक्रबार बिहान सम्पन्न मतपरिणाम अनुसार, अध्यक्षका अर्का प्रत्याशी विनय बस्नेतलाई पराजित गर्दै थापा विजयी भएका हुन्। थापा मनसुन ट्राभल्स एन्ड टुर्सका सञ्चालक हुन्।
यस्तै वरिष्ठ उपाध्यक्षमा कोलोम्बस ट्राभल्स एन्ड टुर्सका सञ्चालक प्रमोद ढकाल, उपाध्यक्षमा वर्ल्डवेज टुर्स एन्ड ट्राभल्सका सञ्चालक वरुण मेहता, महासचिवमा प्रिसियस ट्राभल्स एन्ड टुर्सका सञ्चालक कुमारमणि थपलिया, सचिवमा शाहस होलिडे इन्टरनेशनलकी सञ्चालिका युविका भण्डारी, कोषाध्यक्षमा वर्ल्ड फेभर ट्राभल्स एन्ड टुर्सका सञ्चालक राजकुमार देवकोटा र सहकोषाध्यक्षमा रियान ट्राभल्स एन्ड टुर्सकी सञ्चालिका गीता ढकाल (रेजु) निर्वाचित भएका छन्।
सदस्यमा हिमालयन क्लब टुर्स एन्ड ट्राभल्सका सञ्चालक विष्णु पाण्डे, होलिडे एड्भेन्चर टुर्सका सञ्चालक ढकनाथ काफ्ले, अक्सफोर्ड ट्राभल्स एन्ड टुर्सका सञ्चालक नमराज भेटवाल, प्रिजेन्ट ट्राभल्सका सञ्चालक पर्शुराम घिमिरे, अस्विता इन्टरनेशनल ट्राभल्स एन्ड टुर्सका सञ्चालक रामशोभित नायक, इन्द्रा ट्राभल्स एन्ड टुर्सकी सञ्चालिका सबला भण्डारी, डालिमा टुर्स एन्ड ट्राभल्सका सञ्चालक डेन्डी शेर्पा र एएनटी होलिडेकी सञ्चालिका श्रद्धा जोशी निर्वाचित भएका छन्।
देशभर दुई हजारभन्दा बढी टुर्स एन्ड ट्राभल्स भए पनि निर्वाचनका लागि ४४९ टुर्स एन्ड ट्राभल्सको सहभागिता थियो।