स्थानीय आवश्यकता हेरेर चुनावी तालमेल गर्ने कांग्रेसकाे नीतिगत निर्णय
नेपाली कांग्रेसले आगामी चुनावमा स्थानीय आवश्यकता हेरेर तालमेल गर्न सक्ने नीतिगत निर्णय लिएको छ।
कांग्रेस केन्द्रीय कार्यालयमा मंगलबार सम्पन्न केन्द्रीय समितिको बैठकले स्थानीय परिस्थिति र आवश्यकता अनुसार गठबन्धन दलसँग तालमेल गर्न सक्ने निर्णय गरेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।
तालमेलबारे व्यावहारिक निर्णय गर्न केन्द्र, जिल्ला र स्थानीय तहमा संयन्त्र बन्ने उनकाे कथन छ। आगामी चुनावमा कांग्रेस पहिलो पार्टी बन्ने निष्कर्ष निकालिएको महतले बताए।
यस्तै, बैठकले पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति र पार्टी प्रवक्ता प्रकाशशरण महतको नेतृत्वमा प्रचारप्रसार समिति गठन गर्ने निर्णय गरेको छ।