यस्ता छन् मन्त्रिपरिषद्का १४ निर्णय
सरकारले कपिलवस्तुको तिलौराकोटलाई संरक्षित क्षेत्र घोषणा गरेको छ।
मन्त्रिपरिषद्को १४ चैतमा बसेको बैठकले संरक्षित क्षेत्र घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
मन्त्री कार्कीले मंगलबार दिएको अनुसार, जापानका लागि पूर्व राजदूत केदारभक्त माथेमालाई जापान सरकारले दिन लागेको ‘दी अर्डर अफ जापान’ सम्मान ग्रहण गर्न स्वीकृति दिने निर्णय पनि बैठकले गरेको छ।
यस्तै, भैरवराज रेग्मी (पाल्पा) र नापी विभागका उपमहानिर्देशक करुणा केसीलाई राष्ट्रिय भूमि आयोगको सदस्य तोक्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ।