स्वास्थ्य मन्त्रालयले पायो ७४ अर्बको बजेट सिलिङ
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ७४ अर्बभन्दा बढीको बजेट सिलिङ पाएको छ।
आर्थिक वर्ष २०७९/८० का लागि राष्ट्रिय योजना आयोगबाट पाएको सिलिङबाट चालू तथा पूँजीगत गरी मन्त्रालयले आफूलाई एक अर्ब ३१ करोड आठ लाख राखेको छ भने बाँकी बजेटको सिलिङ अरू ४१ वटा निकायहरूलाई बाँडेको छ।
आयोगले यो मन्त्रालयलाई ७४ अर्ब तीन करोड पाँच लाखभित्र रहेर आगामी आर्थिक वर्षका कार्यक्रम बनाउन बजेट सीमा तोकेको हो।
चालू आर्थिक वर्षका लागि गत वर्ष आयोगले ६३ अर्ब ८६ करोड ९५ लाखको बजेट सिलिङ पाएको थियो ।