प्रेस युनियनको नवौं महाधिवेशन जेठमा
नेपाल प्रेस युनियनको नवौं महाधिवेशन आगामी १३ र १४ जेठमा हेटौंडामा हुने भएको छ।
युनियनको केन्द्रीय कार्यालयमा सम्पन्न केन्द्रीय सचिवालयको बैठकले महाधिवेशनको मिति र स्थान तय गरेको युनियनका कार्यवाहक महासचिव भीष्मराज ओझाले जानकारी दिए।
उनका अनुसार, महाधिवेशन सम्पन्न गर्न मूल आयोजक समिति, निर्वाचन समिति र विधागत विभिन्न ६ समिति समेत गठन गरिएका छन्।
युनियन नेपाली कांग्रेस निकट सञ्चारकर्मीहरूको संगठन हो।