वामपन्थी नेता कृष्णराज बर्माको निधन
वामपन्थी नेता कृष्णराज बर्माको आइतबार ९३ वर्षको उमेरमा निधन भएको छ।
उनको आइतबार साँझ काठमाडौंको ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो। उनको छातीमा इन्फेक्सन भएको थियो।
छातीमा समस्या भएपछि ओम अस्पताल भर्ना गरिएको थियो। त्यसपछि १८ फागुनमा ह्याम्समा सारिएको थियो।
उनी २००७ सालको राणा विरोधी आन्दोलनमा सामेल भएका थिए। त्यस्तै, उनकै नेतृत्वमा वाम घटकहरू २०४६ सालको जनआन्दोलनमा सहभागी भएका थिए।