कोरोनाबाट चार जनाको मृत्यु, २६२ मा सङ्क्रमण
कोभिड-१९ बाट चार जनाको मृत्यु भएको छ भने २६२ जनामा सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, आइतबार नौ हजार ८१५ जनाको स्वाब परीक्षण गर्दा २६२ जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको हो।
आज सात हजार ५१२ जनाको पीसीआर परीक्षण गर्दा २२९ जनामा र तीन हजार २४३ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ जनामा कोरोना देखिएको छ।
त्यस्तै, कोरोनाबाट चार जनाको मृत्यु भएको छ। योसँग कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९२१ पुगेको छ।
पछिल्लो २४ घण्टामा एक हजार ३३८ जना निको भएका छन्। अझै १२ हजार २४४ सक्रिय सङ्क्रमित छन्।