गठबन्धनमा सहमति नजुटेपछि प्रधानमन्त्री देउवा एमाले अध्यक्ष ओली निवासमा
प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्।
सत्ता गठबन्धनमा सहमति नजुटेपछि बिहीबार साँझ देउवा ओली निवास बालकोट पुगेका हुन्। भेटमा प्रधानमन्त्री पत्नी तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा पनि सहभागी छन्।