६ हजार स्वाब परीक्षण गर्दा ६३९ जनामा कोरोना
आज देशभर ६३९ जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, ६ हजार ७५६ जनाको स्वाब परीक्षण गर्दा ६३९ जनामा कोरोना देखिएको हो। आज ६ हजार ४८२ जनाको पीसीआर परीक्षण गर्दा ५४८ जनामा र दुई हजार ९७४ जनाको एन्टिजेन परीक्षण गर्दा १८५ जनामा कोरोना देखिएको मन्त्रालयले जनाएको छ।
त्यस्तै, कोरोनाको सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९०५ पुगेको छ।
पछिल्लो २४ घण्टामा एक हजार ६ सय जना निको भएका छन्। निको हुनेको सङ्ख्या पनि नौ लाख ४४ हजार ३३७ पुगेको छ। अझै १८ हजार २५१ जना सक्रिय सङ्क्रमित छन्।